arrow

पतिको किरिया बसेकी पत्नीको जलेर मृत्यु, दुई छोरा घाइते 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७८ जेठ २६ बुधबार
killed-fire.jpg

पाँचथर । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका वडा नम्वर ४ जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी वृद्धाको बुधबार बिहान निधन भएको छ ।

पतिको काज किरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी ७२ वर्षीया चनमाया सापकोटाको बिहान निधन भएको उनको परिवारका सदस्यले जानकारी दिएका छन् ।

उनको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा निधन भएको हो । छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय पवन सापकोटाको पनि मेची अस्पताल भद्रपुरमै उपचार भइरहेको छ ।

स्वर्गीय पिता भगिरथको अन्त्येष्टि गरेर फर्केका सापकोटा परिवारले पानी तताउन बालेको ग्यास लिक भएर राति पौने ९ बजे सल्केको आगोले पोल्दा उनीहरु घाइते भएका थिए । अस्पतालले उनीहरुलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका लागि रेफर गरे पनि भद्रपुर लगिएको थियो ।

मृतक सापकोटालाई अहिले अन्त्येष्टिका लागि फिदिम ल्याइँदैछ । किरियापुत्री बसेकी श्रीमती र छोराहरु घाइते भएपछि काज किरिया भगिरथका भाइले गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ