arrow

नोबेल अस्पताल सञ्चालक डा.शर्माले संक्रमितलाई निःशुल्क खुवाउन थाले खाना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
nobel-chairman.jpg

विराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना संक्रमितहरूलाई निःशुल्क खाना खुवाउन थालेका छन् । नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूलाई डा.शर्माले आफ्नै खर्चमा मङ्गलवारबाट निःशुल्क खाना खुवाउन थालेका हुन् ।

नोबेल अस्पतालमा भर्ना भएका सबै कोरोना संक्रमितलाई बिहान–बेलुकाको खाना निःशुल्क खुवाउने घोषणा गरेर डा.शर्माले खाना वितरण थालेका हुन् । ‘कोरोना संक्रमितहरूलाई केही सहयोग पुर्याउँ भनेर हामीले आजबाट निःशुल्क खाना खुवाउन थालेका छौँ,’ डा.शर्माले भने, ‘अस्पतालमा भएका सबै कोरोना संक्रमितलाई असार मसान्तसम्म बिहान बेलुकाको खाना निःशुल्क खुवाउँछौ । सम्भव भयो भने त्यो भन्दा पछि पनि खुवाउने सोचमा छु ।’     

नोबेल अस्पतालमा अहिले १२० जना कोरोना संक्रमित उपचाररत छन् । मङ्गलवार बिहान सबै संक्रमितलाई निःशुल्क खाना वितरण गरिएको छ । अस्पतालमा भएका सबै संक्रमितलाई हरेक दिन बिहान–बेलुका दाल, भात, तरकारीसहितको खानाको प्याकेट र एक÷एक बोतल मिनिरल वाटर वितरण गरिने खाना वितरणमा खटिएकी नोबेल अस्पतालकी डा.वन्दना घिमिरेले जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिँदै आएको छ । अब, अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्माले आफ्नातर्फबाट खाना पनि निःशुल्क वितरण गर्न थालेपछि बिरामीहरूलाई थप राहत मिलेको छ । डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । गत बर्ष उनले मोरङको क्षेत्र नं.३ का बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका कोरोना प्रभावित जनतालाई राहत वितरण गर्न ४० लाख सहयोग प्रदान गरेका थिए ।

उनले हजारौँ विपन्न बिरामीलाई निःशुल्क उपचार गराएर ज्यान बचाएका छन् । समस्यामा परेकाहरूलाई डा.शर्माले आर्थिक सहयोग पनि गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ