arrow

कार दुर्घटना गरी फरार रहेका सांसद कार्कीका छोरा रबिन पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ २३ आइतबार
hit-and-run.jpg

मोरङ ।  गत बिहीबार विराटनगरमा भएको कार दुर्घटनाका चालक रबिन कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । चालक कार्कीलाई आइतबार अपराह्न पक्राउ गरेको हो ।

रबिन प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् । त्यही कारणले प्रहरीले उनलाई ढिलो गरी पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना समेत भएको थियो ।

गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एक जनाको घटनास्थलमै र अर्का एक जना घाइते भएका थिए । पैदल यात्री भारत कटिरहेका मुकेश शर्माको मृत्यु भइसकेको छ भने मोरङ कटहरी-२ का राजकुमार राजवंशी घाइते भएका थिए ।

दुर्घटनापछि कार्की फरार रहेका थिए । प्रहरीले चार दिनपछि पक्राउ गरेको छ । मोरङ प्रहरीका उपरीक्षक सन्तोष खड्काले पक्राउ गरेर सवारी ज्यान कसुर मा म्याद थप्ने प्रक्रिया बढाइएको जानकारी दिएका छन् । प्रहरीले घरबाट पक्राउ गरे पनि भट्टा चौकबाट पक्राउ गरिएको बताएको छ ।

बिहीबार राती साढे सात बजे सवारी ज्यान मुद्दाका आरोपी रबिन कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३-०१-००२ च २१३९ नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिँदा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको उपचारको क्रममा मृत्यु भएको थियो । मोरङको कटहरी गाउँपालिका- २ का २७ वर्षीय राजकुमार राजवंशी भने गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा परेको कारमा सवारहरूको बयान र प्राप्त प्रमाणका आधारमा चालक कार्की नै रहेको देखिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ