arrow

पहिचान नभएको तरकारी खाँदा गयो लक्ष्मीको ज्यान 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
municipal-map.jpg

पाँचथर । पहिचान नभएको तरकारी खाएर सिकिस्त बिरामी भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ का एक ब्यक्तिको शुक्रबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्गुनन्द वडा न. ४ चिलिङदेन साविक हेलाङ ७ निवासी ६७ वर्षीय लक्ष्मी नेम्बाङ रहेका छन् ।

गत हप्ता आफ्नै घरमा अनजानमा बिषालु तरकारी खाएर बिरामी भए लगत्तै विर्तामोडको बीएण्डसी हस्पिटलमा उपचाररत रहेका थिए ।  उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको उनका भाइ लोकन नेम्बाङले जानकारी दिए ।

गत हप्ता एकै परिवारका घरमुली नेम्बाङसहित सात जनाले बिषालु तरकारी खाएर बेहोस हुने, बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि अस्पताल पठाइएको वडाध्यक्ष मनबहादुर चेम्जोङले बताए । 

परिवारका अन्य छ जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ