arrow

एसईई परीक्षा फेरि आन्तरिक मूल्यांकनबाटै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १८ मंगलबार
SEE_news.JPG

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

 सोमबार बेलुकी बसेको बैठकले शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाको नतिजा निकाल्ने भएको हो । 

अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने छ । 

यसकै आधारमा परीक्षा बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ । गत वर्ष आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गर्दा विद्यालयहरुले आफ्नो हात जगन्नाथ गर्ने क्रममा अधिकभन्दा अधिक राम्रो मूल्यांकनसहित विद्यार्थीको परिणाम राम्रो देखाएको आरोप लागेको थियो । 

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अंकका आधारमा मूल्यांकन गरिएको थियो । 

एसईईलाई फलामे ढोकाको रुपमा ब्याख्या भइरहँदा अब आन्तरिक मूल्यांकनकै आधारमा कक्षा चढाउने व्यवस्था गर्दा पनि फरक नपर्ने चर्चा गत वर्षदेखि नै चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ