arrow

प्रेस युनियनद्वारा स्वर्गीय एकराज भण्डारीको स्मृतिमा पत्रकारिता पुरस्कार घोषणा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Press-Union.jpg.jpeg.jpeg

पाँचथर। नेपाल प्रेस युनियन पाँचथरले युनियनका पूर्व उपाध्यक्ष तथा केन्द्रीय पार्षद्, स्वर्गीय एकराज भण्डारीको स्मृतिमा ५ लाख रुपियाँ राशिको एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ ।

युनियनका जिल्ला अध्यक्ष जितेन्द्र भण्डारीले आइतबार जारी गरेको शोक विज्ञप्तिमा पाँच लाख अक्षय कोष रहने गरी ‘एकराज भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघका वर्तमान उपाध्यक्ष समेत रहेका  ‘स्वर्गीय भण्डारीले  पत्रकारिता क्षेत्रसँगै युनियनको सङ्गठनमा पुर्‍याएको योगदानको सम्मान स्वरूप अक्षयकोष स्थापना गर्ने शोक विज्ञप्तिमा उल्लेख छ ।

भण्डारी लेखन र अध्यापनमा पनि सक्रिय हुनुहुन्थ्यो । यसैबीच नेपाल पत्रकार महासंघ पाँचथर शाखाले आइतबार शोक विज्ञप्ति जारी गर्दै भण्डारीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

शाखा अध्यक्ष गिरिराज बास्कोटाले विज्ञप्ति जारी गर्दै भण्डारीको शोक मनाउन तीन दिन कार्यालय बन्द गर्ने र सातौँ दिनदेखि शोक पुस्तिका राख्ने जानकारी दिए । उता नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रोशन पुरीले पनि विज्ञप्ति जारी गदै भण्डारीको निधनप्रति दुख व्यक्त गरेका छन् ।भण्डारीको  कोरोनाका कारण २०७८ जेठ १५ गते उपचारको क्रममा झापाको बिर्तामोड स्थित विर्तासिटी अस्पतालमा निधन भएको  थियो ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ