arrow

संवैधानिक इजलास : मुद्दा हेर्दा हेर्दैमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
supreme-ejalas-2nd.jpg

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज (आइतबार) पनि हेर्दा हेर्दैमा राखिएको छ।  मुद्दा मङ्गलवारका लागि हेर्दाहेर्दैमा राखिएको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले मङ्गलवारका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिए। इजलासमा उठेका विषयमा भोलि (सोमबार) छलफल गर्ने गरी मङ्गलवारका लागि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको उनले जानकारी दिएका हुन।

गत शुक्रवारबाट सुरु भएको सुनुवाइमा सुरुबाट नै संवैधानिक इजलासमा तोकिएका दुई जना न्यायाधीशको विषयमा विवाद हुँदै आइरहेको छ।

आज पनि सोही विषयमा विवाद हुँदै गएपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइलाई हेर्दा हेर्दैमा राखेका हुन्।

रिट निवेदककारतर्फबाट बहसमा उभिएका अधिवक्ता तथा कानुनविद्हरूले न्यायाधीशहरू बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई संवैधानिक इजलासमा नराख्न भन्दै आवाज उठाउँदै आइरहेका छन्। सर्वोच्च अदालतले न्यायाधीशहरूमाथि उठेका प्रश्नमाथि सोमबार छलफल गर्ने र इजलासमा बस्ने कि नबस्ने भन्ने बारे निर्णय लिने बताएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ