arrow

प्रादेशिक अस्पताल सुधारका लागि प्रदेश २ मा उच्चस्तरीय समिति गठन

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ जेठ १६ आइतबार
province-2-hospital-cm-rauth.jpg

जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धी प्रतिवेदन तैयार गर्न प्रदेश २ सरकारले उच्चस्तरीय तीन सदस्यीय समिति गरेका छन्। अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरूलाई बैठकमा बोलाएका थिए।

मुख्यमन्त्री निवासमा आयोजित बैठकमा मुख्यमन्त्री राउतले अस्पताल कहिले सम्म र कसरी सुध्रिने प्रश्नको जवाफ अस्पतालका मेसु लगायत चिकित्सकहरू सँग माग्नु भएपछि मेसु लगायतका चिकित्सकहरू अस्पतालको वर्तमान समस्या र त्यसका समाधानका उपाय बारे आ–आफ्नो धारणा राखे।

चिकित्सकहरूले दिएको सुझावहरूलाई सङ्कलन गर्दै अस्पतालको समग्र सुधारको भावी कार्य योजना सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन।

सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा सदस्य रहेको उक्त समितिलाई अस्पतालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा प्रतिवेदन तैयार गर्ने  जिम्मेवारी दिएका छन्।

४ दिन समय सीमा पाएको समितिले अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठान अन्तर्गत गए पछि गरिनु पर्ने संरचनागत परिवर्तन, लगायत अन्य सुविधाहरूलाई समेटेर प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ