arrow

रतुवामाईमा इन्धन तस्करीको कालो धन्दा बाहिरियो

logo
किरण न्यौपाने,
प्रकाशित २०७८ जेठ १६ आइतबार
petroleum-sasastra.jpg

रंगेली । कोरोनाको महामारी र निषेधाज्ञाको फाइदा उठाउदै मोरङको रतुवामाई नगरपालिकामा ठूलो इन्धन तस्करीको कालो धन्दाको घटना सार्वजनिक भएको छ । भारतीय सीमासँग जोडिएको रतुवामाई नगरपालिका ४ आमवाडी चौकमा धान काटा व्यवासाय सञ्चालन गर्दै आएका स्थानीय चिरन्जीवि खतिवडाले नेपाली इन्धन भारत तस्करी गर्ने गरेको बुझिएको छ । 

उनले इलाका प्रहरी कार्यालय सिजुवाको मिलेमतोमा लकडाउनको बेला तस्करी गर्दै आएको स्रोतको भनाइ रहेको छ । नेकपा एमाले निकट रहेको उनले यताबाट इन्धन र उताबाट चिनी तथा खाद्यान्न सामग्री ओसारपोसार गरी दोहोरो तस्करी गर्दै आइरहेको स्थानीयले सूचनासहित गुनासो गर्दै आए तापनि स्थानीय प्रशासन मौन रहँदै आएको आएको अवस्थामा जिल्लाको सशस्त्रको टोलीले घटनालाई फत्ते पारेपछि कालो धन्दा सार्वजनिक भएको हो । 

शनिबार बिहान सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले भारतीय सीमा नजिकै रतुवामाई ४ पैयामारी–झुर्किया सडक खण्डबाट ठूलो परिमाणमा करिब ५ हजार  लिटर डिजल र पेट्रोल बरामद गरेपछि सो घटना बाहिरिएको हो । 

सशस्त्रको जिल्ला टोलीले गोप्य सुचनाको आधारमा स्थानीय चुन्नीमारी बीओपीसँगको संयुक्त अपरेशनमा मे १ ख १५०९ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा २ सय ५० लिटरका २२ ड्रम डिजल र एक ड्रम पेट्रोल बरामद गरेपछि इन्धन तस्करीको धन्दाको रहस्य खुलेको थियो ।

शसस्त्र प्रहरी बल नम्बर ३ कंकालिनीमाई गण टंकीसिनुवारीका सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेलले सो क्षेत्रबाट ठूलो परिमाणमा इन्धन तस्करी हुने गरेको सूचना आइरहे तापनि मजबुद सूचनाका आधारमा अपरेशन सफल भएको बताए । 

उनले भने, ‘तस्करले शंका नहुने गरी ट्रकलाई त्रिपालले छोपेर प्रयोग गरिएको देखियो । सशस्त्रले बरामद गरेको सामान आइतबारमात्र विराटनगर भन्सार कार्यालय बुझाउने तयारी गरेको छ । 

भारतीय बजारमा नेपाल भन्दा प्रति लिटर ४० रुपैयाँको हाराहारीमा डिजल र पेट्रोल महंगो रहेको छ । सोही नाफाको लोभमा नेपालबाट इन्धन भारत तस्करी हुँदै आएको छ । 

सशस्त्र प्रहरी बल बीओपी चुन्नीमारीका सशस्त्र प्रहरी निरीक्षक सुकबहादुर तामाङ्गले खाद्यान्न ढुवानी लेखेको फोटोकपी राखेर गाडी प्रयोग गरिएको बताए ।

सशस्त्रले गाडी रोकेपछि ट्रकका डाइभर गाडी छाडेर भागेका थिए । पछि सशस्त्र आफैले गाडी कुँदाएर विराटनगरसम्म पुर्याएको थियो । यता सशस्त्रले बरामद गरेको इन्धन र ट्रकको भन्सार मूल्य ९ लाख रुपैयाँ राखेको बुझिएको छ । 

तस्करले उर्लाबारी र इटहरा क्षेत्रका पेट्रोल पम्पसँगको समेतको मिलेमतोमा सो परिमाणमा इन्धन लिने गरेको स्थानीयको भनाइ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ