arrow

पहिचान नभएको सागसब्जी खाँदा एकै परिवारका ४ जना सिकिस्त बिरामी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
paraglinding-panchtar.jpg

पाँचथर । फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेनमा अज्ञात सागसब्जी खाँदा शुक्रवार बिहान एकै परिवारका सात जना बिरामी परेका छन् ।

बिरामी हुनेमा स्थानीय अन्दाजी वर्ष ६८ को लक्ष्मी नेम्बाङ ,उनको श्रीमती ६० वर्षीय लछु माया लावती नेम्वाङ ,२७ वर्षीय छोरा दीपक र एक नातिनी वर्ष ६ की अनुस्काको अवस्था गम्भीर भएपछि उपचारको लागि झापा लगिएको राँके स्थित प्रहरी चौकी चिलिङ्देनका प्रहरी नायब निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अन्य १० वर्ष उमेर मुनिका तीन नातिनीहरूको अवस्था सामान्य रहे तापनि अस्पताल लाने तयारी गरिएको फाल्गुनन्द गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले बताए ।

शुक्रवार बिहान १० बजे खानाको समय बारीमा उत्पादन भएका विभिन्न सागसब्जी जम्मा गरी तरकारी बनाएर खानासँग खाएको केही बेरमा बेहोस हुने, बरबराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा तुरुन्तै एम्बुलेन्स बोलाएर बिरामीलाई अस्पताल पठाइएको छ ।

घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ