arrow

प्रतिनिधिसभा विघटनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखियो, बहस आइतबारदेखि निरन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
supreme-ejalas-2nd.jpg

काठमाडौं । शुक्रबार(आज) देखि संवैधानिक इजलासमा शुरु भएको प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस आइतबारका लागि सरेको छ । इजलाशले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको छ ।

रिट निवेदनमाथि आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको इजलास समयसीमा तोकेर सुनुवाइ शुरु गरेका थिए ।

प्रतिनिधि सभा विघटन बिरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ ।

शुक्रबार नै गठन भएको पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ