arrow

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि बहस गर्न समयसीमा तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
supreme-ejalas-2nd.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा शुरु भएको सुनुवाइका क्रममा रिट निवेदकलाई १५ मिनेटको समय निर्धारण गरिएको छ । बरिष्ठ अधिवक्ताहरुका लागि भने समय तोकिएको छैन् ।

रिट निवेदनमाथि शुक्रबार(आज)देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो । निवेदकका तर्फबाट १५ मिनेट भित्रमा बहस सक्न प्रधान्यायाधीश राणाको निर्देशन छ ।

आज शुरुवातमा अधिवक्ता सन्तोस भण्डारीले बहस गरेका छन् । उनले संविधानको धारा ७६ (४) मा प्रवेश नै नगरी (५) मा गएको हुनाले प्रतिनिधिसभा स्वतः पुनःस्थापना हुने तर्क गरेका छन् ।

प्रतिनिधि सभा विघटन बिरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ