arrow

संसद विघटनबिरुद्धको वहस : मार्ग प्रशस्त भनेको के हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनका बिरुद्ध सर्वोच्चमा परेका मध्ये १९ वटा रिटमाथि अहिले सुरुवाइ जारी छ ।

जारी सुनुवाइका क्रममा रिट दायरकर्ता मध्येका अधिवक्ता बीरभद्र जोशीले बहस गर्दै प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुर्नस्थापनाको माग गरे । उनले बहसका क्रममा ‘प्रधानमन्त्री र राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्रमा राजीनामा उल्लेख नहुनु तर मार्गप्रसस्त भन्ने शब्द आउनुमा  आश्चर्य प्रकट गरे ।  ‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्रमा राजीनामा उल्लेख शब्द उल्लेख छैन तर मार्गप्रसस्त भन्ने शब्द कताबाट आएछ ? स्पष्ट छैन,’ जोशीले बहसका क्रममा भने ।

अर्का अधिवक्ता तुलसी पराजुलीले प्रधानमन्त्री ओलीले विश्वासको मत नलिइ राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको दाबी गरे ।

संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ भइरहेको हो ।

संसद विघटन बिरुद्ध सर्वोच्चमा ३० वटा रीट परेका छन् । ती मध्ये बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश राणाले संसद विघटन बिरुद्धका १९ रिटको सुनुवाइ आफ्नै बेन्चमा पारेका हुन् । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार हुनेछ ।

बाँकी ११ रिटको भने भोली शुक्रबार का लागि पेशी तोकिएको छ । ती रिट संवैधानिक इजलासमा लगिनु पर्ने माग राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ