arrow

विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनपछिको राजनीतिक अवस्था र थप रणनीति तय गर्न भन्दै विपक्षीदलको संयुक्त बैठक सिंहदरबारमा शुरु भएको छ ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलको संयुक्त बैठक केहीबेरअघि शुरु भएको हो । कांग्रेस नेता रमेश लेखकले थप रणनीतिबारे छलफल गर्ने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ