arrow

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा २५ रिट पेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
supreme-court-long.jpg

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ थान रिट पेश भएको छ ।

सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दाहालले आइतबार साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनकाबिरुद्धमा २५ थान रिट आएको तर दर्ता प्रक्रिया भने बाँकी रहेको जानकारी दिए ।

साढें तीन बजेसम्म प्रतिनिधि सभा विघटनका बिरुद्धमा २५ थान रिट आएको छ, प्रक्रिया पुगे नपुगेको हेरेर दर्ता गर्ने अवस्थामा अघि बढ्छौंं,’ सर्वोच्च अदालतका सहरजिष्टार दाहालले हाम्राकुरासँग भने ।

कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल)को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् । यो अधिकार कुनै पनि नागरिकलाई छ । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा अदालतमा रिट दायर गर्न सक्छ ।

रिट दायर गर्नेहरुमा अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेलवीर, भद्र जोशीसहितका कानुन व्यवसायी छन् । उनीहरुले संयुक्त रुपमा रिट दायर गरेका हुन् ।

यस्तै अन्य कानुन व्यवसायीहरुले पनि संयुक्त तथा अलग अलग रिट दायर गरेका छन् । दलहरुकातर्फबाट भने यो समाचार तयार पार्दासम्म रिट दायर भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ