arrow

विपक्षी गठवन्धन डकुमेन्ट पुर्‍याएर सोमबार मात्र सर्वोच्च जाने

प्रचण्डको दाबीः सांसद संख्या झन बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । संसद विघटनविरुद्ध उभिएका विपक्षी दलका सांसदहरु भोलि सोमबार मात्रै सर्वोच्च अदालत जाने भएका छन् ।

केही सांसदहरु उपत्यका बाहिर रहेको र केहीको नागरिकता समयमा नआइपुगेका कारण सोमबारसम्म सबै डकुमेन्ट पुर्याएर सांसदहरु सशरीर अदालत जाने निर्णय भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।

‘आजै अदालत जाने तयारी हो, तर समयले भ्याइएन, डकुमेन्ट तयार हुँदैछ, नाष्रिकता जम्मा हुने क्रममा नै छ, अब भोली सांसदहरु सशरीर जाने भन्ने निर्णय भएको छ,’ संचारकर्मीहरुसँग कुरागर्दै प्रचण्डले भने ।

सो क्रममा उनले पिवक्षी गठवन्धनको प्रधानमन्त्रीको मागदाबी राष्टपति समक्ष पेश गर्दाको भन्दा केही सांसद गठवन्धनमा थपिएकोसमेत दाबी गरे ।

‘पहिले भन्दा केही सांसदहरु अरु पनि थपिनु भएको छ, अरु साथीहरु पनि आउने भन्ने छ, त्यो संख्या घट्दैन बरु बढ्छ,’ संचारकर्मीहरुसँग माओवादी अध्यक्ष दाहालले भने । यसअघि आर्ज सर्वोच्च अदालतमा रिट हाल्न जाने बारेमा शीर्ष नेताहरुबीच छलफल भएको थियो । 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गरेपछि त्यसको विरुद्धमा विपक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा एक ठाउँ उभिएका छन् । यो गठवन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका उम्मेदवारमा अघि सारेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ