arrow

विपक्षी गठबन्धन १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने

सडक र अदालतमा लडाइँ लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
bipakchi-gatbandhan.jpg

काठमाडौं । शुक्रबार मध्यरातमा भएको प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने भएको छ । उनीहरु विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निष्कर्षमा पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्ष र जनमोर्चासहितको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने  निर्णय गरेको हो ।

नयाँ प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनले निष्कर्ष पनि निकालेका छन् ।

बैठकपछि विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले नेपाल-खनाल समूहका माधवकुमार नेपाल, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त बक्तब्य पनि सार्वजनिक गरेका छन् । संसद विघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको उनीहरुको ठहर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ