arrow

संसद् विघटन विरुद्ध काँग्रेस : कानुनी र राजनीतिक लडाइ लड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
nepali-congress-flag-tree.jpg
फाइल तस्बिर

काठमाडौँ। संसद् विघटनको निर्णयका विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिवादमा उत्रने निर्णय गरेको छ। काँग्रेसको शनिवार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो।

काँग्रेस सह महामन्त्री डा. प्रकाश सरण महतले काँग्रेस सशक्त रूपमा संसद् विघटनको प्रतिवादमा उत्रने र कानुनी तथा राजनीतिक लडाइँ लड्ने बताए। 
‘राष्ट्रपति र प्रधानमन्त्री मिले संविधान नै सिद्ध्याउने नियतले अघि बढे अब काँग्रेस कानुनी र राजनीतिक लडाइको बाटोबाट अघि बढ्छ, बैठकको निर्णय उही हो,’ काँग्रेस सह महामन्त्री डा. महतले हाम्रा कुरासँग भने ।

पदाधिकारी बैठकमार्फत काँग्रेसले संसद् विघटनको विरोधमा उत्रन नागरिक समाजलाई आह्वानसमेत गरेको छ। बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्षसहित संविधान र लोकतन्त्रका पक्षमा उभिन आह्वान गरेको हो।

बैठकले सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद् विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको काँग्रेसले भनेको छ।

काँग्रेसले अन्य विपक्ष नामा रहेका दलहरू सँगसमेत सहकार्य गरेर संसद् विघटन विरुद्ध लड्ने निर्णय लिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ