arrow

बिहेको जन्तीलाई सडकमै 'होल्ड' 

logo
किरण न्यौपाने,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
janti-hold.JPG

रङ्गेली । इलाका प्रहरी कार्यालय रङ्गेली ले निषेधाज्ञा उलङ्घन गर्नेलाई सडकमै 'होल्ड' गराउन थालेको छ । अति आवश्यक सामान खरिद गर्न बिहान १० बजे सम्मको समयको दुरुपयोग गरी अनावश्यक हिँडडुल गर्ने क्रम बडेपछि प्रहरी कार्वाहीमा उत्रिएको हो ।

 मानवीय समस्यालाई ध्यानमा दिएर स्वास्थ्य मापदण्ड पुरा गरी अति आवश्यक सामान खरिद गर्नका लागी बिहानको समय दिएको हो तर समयको दुरुपयोग गरी अनावश्यक हिँडडुल गर्ने क्रम बडेपछि अन द स्पोट 'होल्ड' गराएर राख्न थालिएको प्रहरी निरीक्षक अनमोल खड्काले जानकारी दिए । 

प्रहरीले आज रंगेलीमा करिब २०० जनालाई सडकमै 'होल्ड' गराएर छाडेको छ । प्रहरीले उनीहरूलाई आधा देखी १ घण्टा सम्म उभ्याएर राखेको थियो । सो क्रममा सरकारले तोकेको मापदण्ड बमोजिम १५ जनाको जन्ती सङ्ख्या लाई उलङ्घन गरी बढी जन्ती हिँडेका लाई समेत रङ्गेली प्रहरीले सडकमै 'होल्ड' गराएको थियो । 

करिब ३० मिनेट सडकमा होल्ड गराएर प्रहरीले जन्तीलाई छाडेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ