arrow

ट्रकको ठक्करबाट धनबहादुरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
accident-final_1618120153.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राति १०ः३० बजे भएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ