arrow

चिनियाँ खोपको ठाउँमा भारत र रसियाको खोप खरिद गर्ने श्रीलङ्काको संसद्को निर्णय

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
srilanka-flag.jpg
तस्बिर : फाइल

कोलम्बो। चीनमा उत्पादित कोभिड१९ विरुद्धको खोपलाई श्रीलङ्काले प्राथमिकता नदिएपछि चीनसँग सम्बन्ध चिसिएको विश्लेषण भएको छ। श्रीलङ्काको सांसदले चीनको सिनोफार्मद्वारा उत्पादित खोप छोडेर भारत र रुसमा उत्पादित खोपहरूलाई प्राथमिकता दिने निर्णय गरेपछि चीन र श्रीलङ्काबिच समस्या सिर्जना भएको विश्लेषण गरिएको हो।

श्रीलङ्काको सांसदले भारतमा उत्पादित कोभिशिल्ड र रुसमा उत्पादित स्पुतनिक खोप खरिद गर्ने निर्णय गरेको छ। चीनको दक्षिण एसियाली नजिकको साझेदार श्रीलङ्काले चीनको आग्रहको बाबजुद हालसम्म चिनियाँ खोपलाई प्राथमिकता दिएको छैन।

श्रीलङ्कामा रहेको चिनियाँ नागरिकहरूलाई मात्र पहिलो चरणमा खोप लगाउन दिने चीनको निर्णय र श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षको सरकार चिनियाँ दबाब र प्रभावमा रहेको विपक्षी पार्टीको आरोप पछि सांसदले भारत र रुसमा उत्पादित खोपलाई प्राथमिकता दिने निर्णय गरेको हो।

श्रीलङ्कामा चिनियाँ सिनोफार्मले उत्पादन गरेको खोप स्वीकृत गर्ने खेलमा नियामक निकायका अधिकारीहरू हटाइएको विपक्षी दलका सांसदहरूले आरोप लगाएका छन्। श्रीलङ्कामा नियामक निकायका अधिकारीहरूले सिनोफार्म खोपलाई मान्यता दिएका छैनन् र सर्वसाधारणमा पनि यो खोप लगाइएको छैन। 

श्रीलङ्काले सबैभन्दा धेरै भारतबाट एक करोड तीस लाख डोज कोभिशिल्ड खोप अर्डर गरिसकेको छ भने रुसमा उत्पादित स्पुतनिक खोप ६० लाख डोज खरिद गर्ने निर्णय गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ