arrow

मोरङमा जेठ १ गते सम्म निषेधाज्ञा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
map_morang_hamrakura.jpg.jpeg

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले जेठ १ गते मध्य राति १२ बजेसम्म मोरङमा निषेधाज्ञा जारी गरेको छ ।  डिसिसिएमसीको बिहीबार बसेको  बैठकले शुक्रवार राति १२ बजेपछि लागू हुने गरी मोरङमा निषेधाज्ञा घोषणा गरिएको हो ।

यस अघि शनिवार १२ बजेपछि लागू हुने गरी एक साता  विराटनगर महानगरपालिका, बुढी गङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको थियो ।

कोरोनाको दोस्रो लहर चलेसँगै जिल्लाका विभिन्न स्थानीय तहहरूमा सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु दर बढेपछि डिसिसिएमसीको बैठक राखेर मोरङ जिल्ला भरी निषेधाज्ञा थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक सेवा खरिदबाहेक सबै प्रकारका गतिविधिमा रोक लगाइएको छ । अत्यावश्यक सेवाहरूबाहेकका सबै प्रकारका सार्वजनिक एवम् निजी सवारीसाधनहरू जेठ १ गते रातिसम्म निषेधाज्ञा लागू गरिएको क्षेत्रहरूमा पूर्णपुरमा रोक लगाइएको छ ।

प्रजिअ निरौलाले भने, ‘कोरोना सङ्क्रमणको चेन रोक्न अत्यावश्यक काममा बाहेक कोही पनि घर बाहिर निस्कन र भेला हुन नपाउने गरी निषेधाज्ञा आदेश जारी गरिएको छ ।’

डिसिसिएमसीको बैठकले मोरङका १७ वटै स्थानीय तहहरूमा १५ शय्या भन्दा बढीको १–१ वटा अस्पताल (कोरोना सङ्क्रमितलाई राखेर उपचार गर्ने) बनाउने निर्णय पनि गरेको छ । यस्तै बैठकले विराटनगरस्थित कोशी कोभिड अस्पतालको पुरानो भवनमा रहेको बेडलाई सञ्चालन गर्न सांसद बढाउने पनि निर्णय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ