arrow

मलेसियाको यु–२२ टोलीसंग खेल्ने फुटबल टोलीको टुंगो लाग्दै (४४ मा को-को छन्)

रोहित चन्द, अनन्त तामाङ्, बिमल घर्तीमगर र अन्जन बिष्ट नखेल्ने

logo
प्रकाशित २०७२ चैत १ सोमबार
Nepal-football-team.jpg.jpeg
काठमाडौं । नव नियुक्त नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षक ग्यातुको कोजीले चैत्र १४ गते मलेसियाको यु–२२ टोलिसंग हुने मैत्रीपूर्ण खेलको प्रशिक्षणको लागि पहिलो चरणमा ४४ जना खेलाडी छनोट गरेका छने । जापानी प्रशिक्षक कोजीले  खेलाडीहरुको बन्द प्रशिक्षण पर्सी मंगलबारबाट सुरु हुने बताएका छन् । बन्द प्रशिक्षणबाट २३ खेलाडीको अन्तिम छनोट गरी मलेसियाको यु–२२ टोलीसंग मैत्रीपूर्ण खेलको लागि तयार पारिने कोजीले जानकारी दिएका छन् ।
 
रोहित चन्दको शल्यक्रिया भएकाले तथा अनन्त तामाङ्, बिमल घर्तीमगर र अन्जन बिष्ट युरोपियन टुरमा रहेकाले प्रशिक्षणमा रहने छैनन् । छानिएका खेलाडीमा २३ जना भारतमा भएको १२औं सागमा स्वर्ण जित्न सफल खेलाडी र अन्य भरखरै सिमरा गोल्डकप फुटबलमा गरेको प्रदर्शनका आधारमा छनोट भएका खेलाडी रहेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । 
 
को को परे ४४ जनामा ? 
डिफेन्डर
रविन श्रेष्ठ
विराज महर्जन
अनन्त तामाङ
अदित्य चौधरी 
जितेन्द्र कार्की
रन्जित धिमाल
कमल श्रेष्ठ
मनबहादुर तामाङ
देवेन्द्र तामाङ
विजय धिमाल
अजित भण्डारी
दिनेश राजभण्डारी
 
फरवार्ड
अनिल गुरुङ
नवयुग श्रेष्ठ
बिमल घर्तीमगर
रन्जन विष्ट
सुमन लामा 
कर्ण लिम्बु 
विश्वास श्रेष्ठ 
भरत खवास 
 
किपर
विकेश कुथु
किरण कुमार लिम्बु
ममृत कुमार चौधरी 
एलन न्यौपाने
विशाल श्रेष्ठ
 
मिड फिल्ड
जगजित श्रेष्ठ
विशाल राई 
अन्जन विष्ट
हेमन गुरुङ
विक्रम लामा 
योगेश गुरुङ
नविन लामा 
रोहित चन्द
जङबु शेर्पा 
प्रकाश बुढाथोकी 
सुनिल बल 
तेज तामाङ
टंक बस्नेत
राजेन्द्र रावल
श्याम नेपाली 
सुनिल केसी 
सुजल श्रेष्ठ
रुपेश केसी 
शिव श्रेष्ठ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ