arrow

शाहको हत्याको विरोधमा नेविसङ्घको देशभर प्रदर्शन

logo
प्रकाशित २०७३ चैत १६ बुधबार
rabindra-shah.jpeg
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का पूर्वकेन्द्रीय सदस्य जाजरकोट भेरीमालिका–३ निवासी रवीन्द्र शाहको हत्याको विरुद्धमा आज सङ्घले देशभर विरोध प्रदर्शन गरेको छ । हत्यारालाई कारबाहीको माग गर्दै सङ्घले देशभर प्रदर्शन गरेको सङ्घका अध्यक्ष नैनसिंह महरले जानकारी गराए। काठमाडौँमा पनि हत्याको विरोधमा प्रदर्शन गरिएको छ । 
 
त्रिचन्द्र क्याम्पसबाट निकालिएको विरोध जुलुस प्रदर्शनी रत्नपार्क, भृकुटीमण्डप हुँदै पुतलीसडकमा भएर कोणसभामा परिणत भएको थियो । 
 
सभामा सङ्घका अध्यक्ष महरले निर्वाचनको वातावरण बिथोल्न शाहको कायरतापूर्ण तरिकाले हत्या गरेको बताए। उनले अहिलेको समकालीन राजनीतिक धमिल्याउने प्रयासमा हत्या गरिएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरे। शाह सङ्घको महाधिवेशनमा सहमहामन्त्रीको प्रत्याशी रहेका थिए। 
 
यसैगरी उनको हत्याको विरोधमा सङ्घले बिहीबार विहान ९ देखि १० बजेसम्म देशभरीका क्याम्पसअगाडि चक्काजाम गर्ने र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष महरले जानकारी गराए। शाहको मङ्गलबार राति जाजरकोट सदरमुकामनजिक चार–पाँचजनाको समूहले हत्या गरेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ