एजेन्सी । विगत केहि दिन देखि विवादित बनेका कपिल फेरि विवादमा तानिएका छन् । हालै कपिल सुनील ग्रोवर र चंदन प्रभाकरसँग झगडा गरेर चर्चामा आएका थिए । अहिले भने उनको 'बेगम जान' की अभिनेत्री विद्या बालनलाई लिएर चर्चा भएको छ ।
विद्या बालन लगायत इला अरुण, गौहर खान, पल्लवी शारदा 'द कपिल शर्मा शो' मा 'बेगम जान' को प्रमोशनको लागि पुगेका थिए । तर सो सुटको लागि कपिलले उनिहरुलाई ६ घण्टा पर्खाएका छन् । भारतिय सञ्चारमाध्यमका अनुसार विद्याले ६ घण्टा सम्म कपिलको सेटमा प्रतिक्षा गरिन् ।
प्रतिक्षामा रहेकी विद्या हैरान भएर सेटबाट बाहिरिन खोजेकी थिइन् । उनि बाहिरिन खोजेको खबर पाएसँगै कपिलले फोन गरेका थिए । कपिलले फोनमा सुटको लागि सेट तयार रहेको बताएका थिए ।
प्रमोशनमा पुगेकी विद्याले सो अवसर छुटाउन चाहाने कुरै थिएन । र सुटको लागि तयार भइन् । श्रीजीत मुखर्जीको निर्देशन रहेको चलचित्र 'बेगम जान' १४ अप्रिलमा रिलिज हुदैछ ।