arrow

कलङ्कीबाट हराएकी स्नेहा पशुपतिमा भेटिइन्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
pashupati-mandir.jpg

काठमाडौँ । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने आज पशुपति क्षेत्रमा भेटिएकी छिन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिए । उन हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताए ।

“अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भने । 

उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् ।

परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ