arrow

कार्यकर्तालाई इमान्दार बन्न अध्यक्ष ओलीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
kp-oli-01-25.jpg
तस्बिर-फाइल

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई संगठन विस्तारमा लाग्न आह्वान गरेका छन् । 

एमाले कपिलवस्तुको दशौँ जिल्ला अधिवेशनमा उनले कार्यकर्ता इमान्दार भएमा नेतृत्व इमान्दार हुने र पार्टी संगठन पनि थप गतिशील बताए ।

ओलीले पार्टीभित्र गुटबन्दी नगरी मिसन ८४ पूरा गर्नु सबैको दायित्व भएको स्पष्ट पारे ।

उनले भने, “यसको लागि आजैका दिनदेखि नेता, कार्यकर्ता एक ढिक्का भएर अघि बढ्नुपर्छ । ”

उनले बुद्धको स्थल कपिलवस्तुको समग्र विकासमा जोड दिएको जनाउँदै यसको ज्वलन्त उदाहरण हुलाकी राजमार्ग भएको बताए । 

अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने एमाले आयोजक कमिटीले जनाएको छ । 

अध्यक्ष ओलीले कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ श्य्याको अस्पताल उद्घाटन पनि गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ