arrow

भिडियोमा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
sunkoshi-marin-diversion.jpg

काठमाडौँ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बुधबार सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गरेका हुन् । 

ब्रेक थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी आयोजना भएको बताए । उनले यस्ता आयोजनाहरू निर्माण सम्पन्न हुँदा राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउने छ । 

धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका ४५ हजार ६०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माण सम्पन्न हुनेछ ।

कार्यक्रममा बोल्दै ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सम्झौता भएको १९ महिनामा सुरुङ मार्ग निर्माणको कार्यले नेपालका पूर्वाधार निर्माण विकासका बहुआयामहरुलाई उद्घाटित गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ