arrow

रहेनन् कांग्रेसका पाका नेता सूर्यमान गुरुङ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
suryaman-gurung-died.jpg

ताप्लेजुङ । नेपाली कांग्रेसका पाका नेता सूर्यमान गुरुङको निधन भएको छ । ताप्लेजुङका कर्मठ नेता तथा पूर्वमन्त्री गुरुङको ८३ वर्षको उमेरमा निधन भएको हो । 

उनी काठमाडौँको हिमाल अस्पतालमा उपचाररत थिए । उनी कांग्रेसका हक्की नेताका रुपमा चिनिन्छन् । पञ्चायतकालमा उनका समकालीनहरु पञ्चायतमा छिरे पनि उनी भने कांग्रेस हुँ कांग्रेस भएरै मर्छु भनेर चट्टानझैँ अडिक रहेका थिए । 

२०१४ सालको भद्र अवज्ञा आन्दोलनमा भाग लिएर राजनीतिक यात्रा शुरु गरेका गुरुङ ताप्लेजुङ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका संविधान सभामा सभासद थिए । 

उनी २०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट चुनाव लडेका थिए । कांग्रेस ताप्लेजुङ जिल्ला सभापतिसमेत भएका गुरुङ पार्टी प्रशिक्षण विभाग सदस्य र आदिवासी–जनजाति संघको उपसभापतिको जिम्मेदारी सम्हालेका थिए । 

उनी पाँच वर्ष जेलमा र नौ वर्ष निर्वासनमा रहेका थिए ।  गुरुङका ३ छोरी र २ छोरा छन्। उनको अन्त्येष्टि परिवार भेला भएपछि काठमाडौँमै हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ