arrow

ओलीको आरोप- अहिले हाहा, हुहु गरेको भरमा मन्त्री भएका छन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
kp-oli-01-25.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष  केपी शर्मा ओलीले हाहा, हुहु गर्नेहरु पनि अहिले मन्त्री भएको आरोप लगाएका छन् ।सोमबार पार्टी मुख्यालय च्यासलमाओलीले संसद्मा कसैको पनि बहुमत नभएकाले हाहा, हुहु गर्नेहरूले पनि गठबन्धन मिलाउने क्रममा मन्त्री हुने मौका पाउने अवस्था आएको बताए ।

त्यागको अवमूल्यन र अपमान गर्ने भुईँ फुट्टा प्रवृत्ति मुलुकमा देखा परेको उल्लेख गर्दै ओलीले त्यस्ता प्रवृत्ति बेलाबेलामा प्रकट भए पनि धेरै टिक्न नसक्ने बताए । उनले त्यस्ता प्रवृत्तिहरूलाई चिन्न, बुझ्न राजनीतिज्ञ ज्ञवाली जस्ता नेताहरूको देश र जनताप्रतिको समर्पणप्रति सम्मान भाव राख्दै अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

अध्यक्ष ओलीले भने, ‘अहिले त समय कस्तोसम्म आएको छ भने हाहा हुहु गरेको भरमा जनप्रतिनिधि छानिन्छ । हाहा हुहु गरेको भरमा मन्त्री पनि ताल पर्दा बहुमत कसैको पनि छैन । यसलाई मिलाउ, त्यसलाई मिलाऊ भन्दा को मन्त्री पर्छ, को पर्दैन ? यस्तो बेलामा यी त्यागका, कठिनाइका दिनहरूको नयाँ पुस्तासम्म कसले पुर्‍याउने । अहिले त फेरी एउटा प्रवृत्ति चलेको छ । पुरानो त्यागको अवमूल्यन मात्रै होइन, त्यसलाई अपमान गर्ने एउटा भुईँ फुट्टा भएका छन् । मन्दिर भत्काउन खोज्ने, त्याग, बलिदानहरूको अपमान गर्न खोज्ने, योगदानको अवमूल्यन गर्न खोज्ने, नकार्न खोज्ने, त्यसको केही अर्थ थियो परिवर्तनमा भन्ने कुरा बिर्सिन खोज्ने त्यो प्रवृत्ति । यद्यपि त्यस्तो प्रवृत्ति क्षणिक हो । आन्दोलनमा, देशमा विभिन्न प्रकारका प्रवृत्तिहरू प्रकट भईरहन्छन । समय समयमा विभिन्न प्रवृत्तिहरू प्रकट हुन्छन् । हाम्रो पनि प्रकट भएका छन् विभिन्न समयमा विभिन्न प्रवृत्तिहरू ।  ’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ