arrow

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
cit-palpa-cement-agreement.jpg

काठमाडौंँ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । 

पाल्पा सिमेन्टको प्रतिकित्ता एक सय रुपैयाँ अंकित ७५ लाख कित्ता बराबर हुन आउने ७५ करोड रुपैयाँको शेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका कायममुकायम नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए ।

यसअघि पनि कोषले विभिन्न कम्पनीहरूको शेयर प्रत्याभूति गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ