arrow

चार दिनदेखि रोकिएका उडान आजदेखि नियमित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
pokhara-airport (2).jpg

काठमाडौँ ।  बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।  

विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । 

“विगत चार दिनदेखि पोखरा विमानस्थलमा उडान भएको थिएन । आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको छ । चार दिनमा दुई दिन त कुनै पनि उडान भएनन् भने दुई दिन आंशिक मात्रै उडान भए”, सूचना अधिकारी कर्णले भने । 
     
मौसममा सुधार आएसँगै आज बिहानैदेखि उडान नियमित भएका उनले बताए ।  पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवालोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ । 

चार दिनसम्म उडान नहुँदा यात्रीले वैकल्पिक मार्ग प्रयोग गरेका  थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ