arrow

जङ्गलमा लागेको आगो घरमा सल्किँदा घर नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १९ बुधबार
aaglagi-dhading-picby-rajaram-sharma.jpg
तस्बिर-फाइल

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका-२ स्थित कोटारीमा दुई घरमा आगलागी भएको छ । 

जङ्गलमा लागेको डढेलोका कारण घरमा आगो सल्किँदा स्थानीयको दुई घरमा क्षति पुगेको हो । 

मङ्गलबार साँझ ७ बजेतिर जङ्गलमा लागेको आगो स्थानीयको घरसम्म आइपुग्दा एक घर पूर्णरुपमा नष्ट भएको छ भने अर्को एक घरको आधा भाग जलेको स्थानीय अनिल बुढाथोकीले जानकारी दिए ।  

स्थानीयले आगो नियन्त्रणमा लिएपछि अन्य घर आगलागीबाट बचेको उनले बताए । 

आगलागीमा परी स्थानीय रामबहादुर चेपाङको घर पूरै जलेको र रु २० हजार नगद, २० डोको मकै, चार घार मौरी, लत्ताकपडालगायत सामग्री जलेर पूर्ण रुपमा नष्ट भएको स्थानीय अनिल बुढाथोकीले बताए ।

उनका अनुसार चेपाङका छोरा कर्ण चेपाङको घर आधा जलेको र घरमा रहेको एक घार मौरी, लत्ताकपडालगायत जलेर नष्ट भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ