arrow

हतियार प्रणालीमा एआई लागू नगर्न विश्व समुदायलाई आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
artificial-i-educationHK.jpg
तस्बिर – फाइल ।

ढाका । बङ्गलादेशका विदेशमन्त्री हसन महमुदले हतियार प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लागू नगर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । 

उनले कृषि, चिकित्सा विज्ञान, अन्तरिक्ष अन्वेषण, जलवायु परिवर्तन र रोजगारी सृजनाका क्षेत्रमा एआई प्रयोग गर्न आग्रह गरे । हसनले सोमबार भियनामा आयोजित ‘ह्युम्यानिटी एट द क्रसरोड : अटोनोमस वेपन्स सिस्टम्स एन्ड द च्यालेन्ज अफ रेगुलेसन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलनमा उक्त धारणा राख्नुभएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
            
विदेशमन्त्रीले स्वायत्त हतियार प्रणालीलाई प्रभावकारीरूपमा नियमन गर्न विश्वव्यापी मापदण्डहरू तय गर्न पनि सुझाव दिए ,। साथै मानवताको हितका लागि स्वायत्त हतियारलगायत कुनै पनि नयाँ हतियार त्याग्न सबैलाई आग्रह गरे । 
            
गाजाको अनिश्चित अवस्थामाथि प्रकाश पार्दै उनले अन्तर्राष्ट्रिय समुदायलाई द्वन्द्व र तनावको नयाँ मोर्चा खोल्न चेतावनी पनि दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ