arrow

बारा र इलाममा रास्वपाको जमानत जफतपछि यसो भने सीकेले रविलाई  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
ck-raut-11-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले २०८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा उपनिर्वाचनबारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।

उनले भनेका छन्, ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो । मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई–तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो।  बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’

उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबी गरेका छन् ।

इलाम २ मा जनमतका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए । रास्वपाका मिलन लिम्बूले ५०५० मत ल्याए पनि जमानत जफत भएको थियो । 

इलामको हारपछि यसो भनेका थिए रवि लामिछानेले सामाजिक सञ्जालमा–
इलाम २ को उपनिर्वाचनमा एमाले उमेदवार सुहाङ नेम्वाङजी  विजयी हुनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्द्छु। हामीलाई मत दिनु हुने र मतसँगै ठूलो सन्देश दिनु हुने सबै प्रति आभारी छु। रास्वपा उमेदवार मिलन लिम्बू लगायत अहोरात्र खट्नु हुने सिङ्गो पार्टी पंक्तिलाई धन्यवाद। जित्न सकिएन, सिक्न सकियो। त्यसैले कुनै इफ, बटको सहारा नलिइ सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरुमा अनुरोध छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ