arrow

सशस्त्रले बरामद गर्‍यो तस्करीको अवैध सामग्री

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ वैशाख १७ सोमबार
illegal-goods-81-01-17.jpg

बाँके । बाँकेमा सशस्त्र प्रहरीले  अवैध तस्करीको लाखौँ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ३० गण नेपालगन्जबाट र मातहतका सशस्त्र प्रहरी कार्यालयले भारतबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइँदै गरेको ६ लाख २४ हजार ४० रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं.३० गणका अनुसार त्यस कार्यालयबाट खटिएको टोलीले आइतबार नेपालगन्ज-१५ पिप्रहवाबाट भन्सार छली गरेर ल्याइएका १ लाख ५० हजार रुपैयाँ बराबरको १ सय पिस  कि प्याड मोबाइल ,  २ लाख ३४ हजार ४ हजार ९ सय रुपैयाँको  लत्ताकपडा , पेय पदार्थ , सुर्तीजन्य तथा किराना सामग्री र ७९ हजार ५ सय रुपैयाँ बराबरको तरकारी बरामद गरेको हो।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाह बिओपीले जमुनाह नाकाबाट भारतबाट भित्र्याइएको ४२ हजार ७ रुपैयाँ बराबरको अवैध लत्ताकपडा लगायतका सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जनाएको छ।

आइतबार नै बिओपी कालाबजारबाट खटिएको टोलीले भन्सार छली गएर डुडुवा-६ कालाबन्जार ल्याइएको १७ हजार १ रुपैयाँ बराबर लत्ताकपडा लगायतका अवैध सामग्री बरामद गरेको हो हो।

त्यसैगरी सशस्त्र प्रहरीले भारतबाट चोरीपैठारी गरेर  नेपालगन्ज ल्याइएका  १ सय चल्लासहित अण्डा बरामद गरि नेपालगन्ज भन्सार कार्यालयस्थित पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरेको सशस्त्र प्रहरी बल नं.३० गणले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले चेकजाँचका क्रममा सामग्री लिएर आएको पिकअप गाडीसहित चालकलाई विलविजक शंकास्पद हुँदा आबश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाउँदा ९५ हजार १५० रुपैयाँ जरिबाना गराइएको जनाएको छ। 

बरामद गरिएको सबै अवैध सामग्रीहरुलाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नं.३०  गण नेपालगन्जले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ