arrow

शिवको प्रिय दिनमा राशिफल

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८१ वैशाख १७ सोमबार
rashifal-horoscope-6.jpg

आजको पञ्चाङ्ग

मिति २०८१ वैशाख १७ गते सोमबार, इस्वीसंवत अप्रिल २९ तारिक सन् २०२४, शालिवाहनीयशाके १९४६, नेपाल संवत् ११४४, कालयुक्तनाम संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको पञ्चमी तिथि बिहानमा ५ः५२ बजेसम्म त्यसपछि षष्ठी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाषाढा रातिमा २ः४० बजेसम्म त्यसपछि उत्तरषाढा लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ४३ घटि १८ पलासम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा गर अहोरात्र रहनेछ । आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान ३२ घटि ४९ पला अर्थात १३ घण्टा १० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः२८ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ः३६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा ११ः५६ बजे र अस्ताउने समय भोलि बिहानमा ९ः११ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय नृत्य दिवस रहेको छ ।

आजको राशिफल

मेष : आज आफ्नै ढिलासुस्तीले मनोवल घटाउनेछ, हरेक काममा पछि परेको अनुभव हुने, मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, आज फलफूलसम्बन्धी पेशामा लाभ पाइने, पद र पैसाभन्दा प्रतिष्ठासँग गासिएका काममा लगानी हुन सक्नेछ ।

वृष : आज मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।

मिथुन : आज स्वास्थ्य एक्कासि समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आँखामा एक्कासि समस्या देखिन सक्छ, आउँदो सोमबार वा मंगलबार घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ । तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।

कर्कट : आज स्वास्थ्य ठीकठाक रहनेछ । आदर सत्कार पाइने काममा सहभागी हुन पाइनेछ, पारिवारिक तथा आश्रित कर्मचारीको राम्रो सहयोग पाइने छ, तपाईंको कार्यक्षेत्रमा शुभेच्छुक व्यक्ति नयाँ लाभका अवसर लिएर आउने, रमणीय कार्यमा सहभागी हुन पाइने छ भने दिउँसो ३ बजेपछिको समय शुभ छैनन्, ती समयमा लेनदेन एवं महत्वपूर्ण कार्य नगर्नुहोला ।

सिंह : आज स्वास्थ्यले राम्रै साथ दिनेछ, आम्दानीका स्रोतहरू बढ्दै जानेछन्, यश, कीर्ति बढ्ने काममा लगानी गर्न पाइनेछ, नयाँ कामको थालनी आज गर्नुभएमा उच्चतम् फाइदाको हुनेछ, व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ, दिउसो आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने सम्भावना छ, त्यसैले यात्रा तथा जे काम गर्दा पनि सजक हुनुहोला ।

कन्या : आज व्यर्थैको विवादले मानसिक चिन्ता थप्ने छ, आफन्तबाट तिरष्कार, अपमान गर्ने प्रयास हुन सक्नेछ, तपाईंको काम बिगार्न लागि पर्नेछन्, समग्रमा लाभभन्दा हानी नै ज्यादा हुने हुँदा सतर्क हुनु आवश्यक छ ।

तुला : आज प्रशस्तै लाभका मौकाहरू रहेका छन्, सापटी धन फिर्ता गर्न आउनेछन्, मन लागेको कार्यमा छुट्नुपर्ने, घरमा चोरी हुन सक्ने सम्भावना देखिन्छ भने टाढाको धार्मिक यात्राको सम्भावना देखिन्छ तर आज पश्चिम मुलुकको यात्रा नगर्दा नै राम्रो हुनेछ ।

वृश्चिक : आज मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भईरहनेछ । स्वास्थ्यको दृष्टिले समय शुभ छैन, उठ्नुपर्ने पैसा न उठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसंग भएको कलहले ठूलै घाटा व्यहोर्नुपर्ने छ । समग्रमा आज कसैसंग पनि विवाद गर्नु ठीक छैन ।

धनु : आज मानसिक व्यर्थ चिन्ता बढ्नेछ, तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानुपर्नेछ, नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ, आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, अनावश्यक रुपमा शत्रु वृद्धि, आफन्तसंग वादविवादमा लाग्नु ठीक हुनेछैन, दिउँसो ३ बजेबाट भने सुधार हुनेछ ।

मकर : आज स्वास्थ्यको हिसाबले राम्रै रहने छ, तर्क-वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

कुम्भ : आज पनि समय अत्यन्तै शुभ छ, स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका कामहरू बन्नेछन् ।

मीन : आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम् भेट हुनेछ ।

साइतः सूर्य मेष राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । त्यसैले उत्तरबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, पश्चिम र दक्षिणतर्फको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म अमृत बेला
बिहान ७ः०५ बजेदेखि ८ः४४ बजेसम्म काल बेला
बिहान ८ः४४ बजेदेखि १०ः२२ बजेसम्म शुभ बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म रोग बेला
मध्यान्ह १२ः०१ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म चर बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म लाभ बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३५ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३५ बजेदेखि ७ः५७ बजेसम्म काल बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म शुभ बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म चर बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म लाभ बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म अमृत बेला
बिहानमा ४ः०४ बजेदेखि ५ः२६ बजेसम्म काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ