arrow

राष्ट्र बैंकले मनायो ६९ औँ वार्षिकोत्सव [गभर्नरको २७ पृष्ठ लामो मन्तव्यसहित फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
rastra-bank-69-annual.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६९ औँ वार्षिकोत्सव मनाएको छ । शुक्रबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो । उक्त  अवसरमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ पृष्ठ लामो मन्तव्यसमेत दिएका छन् । 

उनले मन्तव्यलाई १८५ बुँदामा समेटेका छन् । वित्तीय क्षेत्रसहित समस्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता नाम दिएर उनले आफ्नो मन्तव्य दिएका हुन् । 

उनले राष्ट्र बैंकले प्रदेशगत रुपमा मूल्य सूचक सार्वजनिक गर्ने तयारी अघि बढाएको बताएका छन् । अहिले देशभर ८७ वटा बजार केन्द्रलाई आधार मानेर राष्ट्र बैंकले मूल्य सूचकसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । 

२०७१–७२ को आधार वर्षको आधारमा अहिले मूल्य सर्भेक्षण हुँदै आएको छ । यो आधार वर्षलाई परिवर्तन गरेर २०८०–८१ कायम गर्ने र भारांक समेत परिवर्तन गर्ने गृहकार्य गरिरहेको गभर्नर अधिकारीले बताए । 

राष्ट्रिय तथ्याङ्क कार्यालयबाट सम्पन्न नेपाल जीवनस्तर सर्वेक्षण (चौथो) को आधारमा उक्त भारांक परिवर्तन गरिनेछ । अहिले बजार सर्वेक्षणका लागि ४ सय ९६ वा वस्तुलाई २२ वटा वर्गमा विभाजन गरेर मूल्य सर्भेक्षणसम्बन्धी कार्य हुँदै आएको छ । प्रत्येक वस्तुलाई आधार वर्षको उपभोग स्तरको आधारमा भार तोकिँदै आए छ । 

उक्त अवसरमा गर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले अन्तरदेशीय कारोबारको भुक्तानी सहजीकरणका लागि केन्द्रीय बैंक डिजिटल मुद्रा (सीबीडीसी) को लागि अध्ययन समेत अघि बढाएको बताए । 

२०२६ सम्ममा उक्त मुद्राको परीक्षण सुरुआत गर्न केन्द्रीय बैंकको तयारी छ । त्यसका लागि बैंकभित्र विद्युतीय मुद्रा महाशाखा स्थापना गरिएको छ ।
 

उनले २०८० साल आर्थिक प्रगतिका हिसाबले मिश्रित रहेकोसमेत बताएका छन् । 

सो क्रममा विभिन्न बैंक तथा वित्तीय संस्थालाई सम्मानसमेत गरिएको थियो । 


 

rastra-bank-69th-annual-day (1).jpg
rastra-bank-69th-annual-day (2).jpg
rastra-bank-69th-annual-day (3).jpg
rastra-bank-69th-annual-day (4).jpg
rastra-bank-69th-annual-day (5).jpg
rastra-bank-69th-annual-day (6).jpg
rastra-bank-69th-annual-day (7).jpg
rastra-bank-69th-annual-day (8).jpg
rastra-bank-69th-annual-day (9).jpg
rastra-bank-69th-annual-day (10).jpg
rastra-bank-69th-annual-day (11).jpg
rastra-bank-69th-annual-day (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ