arrow

चेल्सीलाई निरीह बनाउँदै आर्सनल शीर्ष स्थान फराकिलो बनाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
arsenal-2024z.jpg

काठमाडौँ । इङ्गलिश प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २–२ गोल गरेका थिए भने एक गोल लिन्द्रो ट्रोसार्डले गरेका थिए ।

यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शीर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ । 

त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ