arrow

लक्ष्मी सनराइज बैंकले  नेपाली डिजिटल बैंकिङको रूपान्तरण गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
laxmi-bank-orange-nxt.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा अरेन्ज एनएक्सटीको थालनी  गरेको छ ।

एफवान सफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा शुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

अरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल बेस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरु प्रदान गर्नेछ । 

ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको  डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा अरेन्ज एनएक्सटी कोशेढुंङा साबित हुन सक्छ ।

परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानान्तर रूपमा  विकास गर्दै अरेन्ज एनएक्सटी मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ । 

एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले अरेन्ज एनएक्सटीको विकास गरिएको हो ।

परिकल्पनात्मक सोचबाट प्रेरित यस अरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ