arrow

समितिका सभापतिहरूलाई बोलाएर सभामुखले यसो भने [भिडियो]

समितिहरू संसदीय क्यालेन्डर अनुसार चल्न सकेनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
samiti-savapati.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेन्डर अनुसार सञ्चालन गर्ने प्रयास भए पनि सफल नभएको बताएका छन् । 

आइतबार संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदीय समिति क्यालेन्डर बनाएर सञ्चालन गर्ने प्रयास भए पनि व्यवहारिक हुन नसकेको बताए ।

 उनले अबको संसद्लाई प्रभावकारी ढङ्गबाट लैजानको लागि क्यालेन्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभपतिहरुसँग छलफल भएको बताए । उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको बताए ।

उनले भने, ‘बाहिरबाट समितिहरूलाई सहयोग प्रदान गर्नको लागि विभिन्न दातृ संस्थाहरूले सहयोग गर्न कोसिसहरू वा सहयोगहरू प्राप्त हुन्छ भनेका कुराहरूलाई एकीकृत ढङ्गबाट समितिहरूलाई चाहिने सहयोग पनि सचिवालयमार्फत नै लिनु राम्रो हुन्छ, गर्नुपर्छ भन्ने सुझावहरू पनि आएको छ । क्यालेन्डर बनाएर अघि जाने, संसदीय क्यालेन्डर अनुसार चल्ने कोसिस भए पनि त्यो व्यवहारिक भएको छैन । अबको संसद्लाई अलि प्रभावकारी ढङ्गबाट लैजानको लागि क्यालेन्डर फिक्स गर्ने, क्यालेन्डर भित्र चल्न सबैले वातावरण बनाएर जानुपर्छ र क्यालेन्डर कसरी बनाउने भन्ने सन्दर्भमा एउटा १५ दिन, अर्को महिना दिन, अर्को सिंगो सत्र भरको क्यालेन्डर बनाऔँ, कहिलेसम्म सत्र सञ्चालन गर्ने भन्ने बारेमा पनि एउटा समझदारीपूर्ण ढङ्गले, योजनाबद्ध ढङ्गले बनाऔँ भन्ने कुरामा छलफल भएको छ । आउँदो हिउँदे सत्र चाँडै बोलाउने र त्यसको तयारी छिटो सकौँ र सरकारलाई भनौँ भन्ने भयो । बाँकी रहेका विषय छिटो टुङ्ग्याउनुस् भनेको छु ।’

सभामुख घिमिरेले संसद्को महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुङ्ग्याउनुपर्ने स्थानबाट छिटो टुङ्गिएला भन्नेमा आशावादी रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ