arrow

रोनाल्डोको दुई गोलले अल नासर विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
ronaldo-al-nasar.jpg

काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अल अखडोउदमाथि शानदार जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा अल नासरले अल अखडोउदलाई ३–० गोल अन्तरले पराजित गरेको हो  । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए । 

रोनाल्डोले खेलको ७७ र ८०औँ मिनेटमा गोल गरेका थिए  । त्यस्तै अर्को गोल खेलको १३ औँ मिनेटमा सामी अल नाजेइले गरेका थिए  । 

यो जितपछि अल नासरको १४ खेलमा ३४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । साउदी प्रो लिगमा अल हिलल १३ खेलमा ३५ अंकसहित शीर्ष स्थानमा रहेको छ  । 

त्यसैगरी अल अखडोउदको भने १४ खेलमा १० अंक रहेको छ र लिगमा १६औँ स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ