arrow

सिन्को नभाँचेको पानी जहाज कार्यालयको खर्च तीन करोड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
nepal-pani-jahaj-karyalaya.jpg

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा खोलिएको नेपाल पानी जहाज कार्यालय स्थापना भएको तीन वर्ष भएको छ । तर यो तीन वर्षमा पानी जहाज कार्यालयले सिन्कोसमेत भाँचेको छैन । कार्यालयका कर्मचारीहरू दिनभर घाम तापेर बस्छन् । तैपनि पानी जहाज कार्यालयले एक वर्षमा झण्डै तीन करोड रुपैयाँ खर्च गरेको छ ।

महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनमा एक वर्षमा पानी जहाज कार्यालयले दुई करोड ८२ लाख खर्च गरेको जनाएको छ । पानी जहाज कार्यालयले पानी जहाज खरिद नगरे पनि कार्यालयका कर्मचारीहरूलाई प्रयोग गर्न दुई वटा सुविधा सम्पन्न गाडी खरिद गरेको छ । दुई वटा गाडी खरिद गर्न पानी जहाज कार्यालयले एक वर्ष एक करोड ४३ लाख ८८ हजार रुपैयाँ खर्च गरेको थियो ।  

पानी जहाज कार्यालयका रजिष्टार विपिन राजभण्डारी हुन् । कार्यालयमा एक इञ्जिनियरसहित १६ जनाको दरबन्दी छ । तर पानी जहाज कार्यालयमा कर्मचारीहरू सकेसम्म जान चाहन्नन् । पानी जहाज कार्यालयका अनुसार उक्त कार्यालयमा दरबन्दी अनुसार पूरा कर्मचारी कहिले पनि कार्यरत रहेनन् । जहिले पनि आधा दर्जनभन्दा बढी दरबन्दी रिक्त रहे । 

ओली दोस्रो पटक प्रधानमन्त्री भएको बेला २०७५ फागुन २ गते पानी जहाज कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलीले अब महासागरमा नेपाली झण्डा अंकित  पानी जहाज चल्ने घोषणा गरेका थिए ।

उनको उक्त घोषणा केबल देशको ढुकुटी रित्याउनमात्र काम लागेको छ । उपलब्धी शून्य छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ