arrow

आईसीयू बेड अभावमा एयर लिफ्ट गरी ह्याम्सबाट बीएण्डसी ल्याइएका कोरोना संक्रमितको मृत्यु 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ वैशाख २१ मंगलबार
airlift-bnc-hospital.jpg

झापा । बेड अभावमा काठमाडौंको ह्याम्स अस्पतालबाट बितामोडस्थित बीएण्डसी अस्पताल ल्याइएका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भइ ह्याम्स अस्पतालमा उपचाररत शिवसताक्षी नगरपालिकाका ७० वर्षीय वृद्धलाई आईसीयू बेड अभाव भइ गत  बैशाख १५ गते एयर लिफ्टमार्फत बेड सिफ्ट गरेर बीएण्डसी अस्पताल ल्याइएको थियो । 

तर उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ । हेलिकप्टरबाट बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएका शिवसताक्षी नगरपालिका वडा नं  ८ का ७० वर्षीय नरप्रसाद उप्रेतीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

काठमाडौंमा बेडको अभाव भएपछि बीएण्डसी अस्पताल ल्याउन थालिएको छ । सोमबार नै  काठमाडौँबाट झापा कमल गाउँपालिका ५ का ३५ वर्षीय मदन पाठकलाई पनि बीएण्डसी अस्पताल ल्याइएको छ । 

काठमाडौंको मनमोहन अस्पतालबाट एयर लिफ्टमार्फत बेड सिफ्ट गरी उनलाई बीएण्डसी ल्याइएको छ । हाल उनको अवस्था चिन्तामुक्त रहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश  गिरीले जानकारी दिएका छ्न् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ