arrow

एयर लिफ्ट मार्फत काठमाडौँबाट कोभिड बिरामीलाई बिर्तामोड ल्याइयो

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ वैशाख २० सोमबार
airlift-corona.jpg

झापा । काठमाडौँका अस्पतालहरूमा कोभिड १९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहितको सधन उपचार कक्षको अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा हवाई मार्ग प्रयोग गरी बिरामी लैजाने क्रम जारी छ। 

कोरोना महामारी भयावह बन्दै जाँदा सोमवार सोमबार काठमाडौँबाट झापाको बीएण्डसी अस्पतालमा काठमाडौँ स्थित मनमोहन अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितलाई थप उपचारार्थ हेलिकप्टरमार्फत  बिर्तामोड ल्याइएको छ । 

काठमाडौँका अस्पतालमा भेन्टिलेटर सहितको आइसियु बेड अभाव भएपछि झापा कमल गाउँपालिका ५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल ल्याइएको हो ।
 
यस्तै,गत वैशाख १५ गते पनि काठमाडौँको ह्याम्स अस्पतालबाट झापाकै कोरोना सङ्क्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियु बेड अभाव भएपछि हवाई चार्टर गरी बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिएका छन् । 

गिरीका अनुसार काठमाडौँका अस्पतालमा कोरोनाका बिरामीका लागि भेन्टिलेटरसहित आइसियुको अभाव भएपछि बिएण्डसीमा सम्पर्क गर्ने क्रम निरन्तर जारी छ।

 बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियु बेड , विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशाला छ। जसमध्ये २५ वटा भेन्टिलेटर सहितका आइसियु बेड कोभिडका बिरामीलाई छुटाएको गिरिले बताए। 

अस्पतालले कोभिड र अन्य बिरामीलाई उपचार गर्न अलग अलग भेन्टिलेटर सहित आइसियु ब्लग सञ्चालनमा ल्याएको छ। विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजु श्रेष्ठ, फिजिसियन चिकित्सक द्वय लक्ष्मण ठाकुर र करण पोखरेल लगायतले सेवा प्रदान गर्दै आएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ