arrow

तृणमूललाई तेस्रो पटक सत्तामा पुर्‍याउने ममता आफै हारिन्, मोदीले भने –‘दिदीलाई बधाई’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २० सोमबार
modi-mamata-1620006343.jpg

काठमाडौं । भारतको पश्चिम बंगालमा फेरि पनि ममता बनर्जीको तृणमूल कांग्रेस (टीएमसी) विजयी भएको छ । उनी लगातार तेस्रो पटक सत्तामा आए पनि आफूले भने चुनावमा हार बेहोरेकी छिन् । बनर्जीले नन्दीग्राम संग्राममा पराजयको सामना गर्नुपरेको हो । 

टीएमसीका बागी तथा बीजेपी उम्मेदवार शुभेन्दु अधिकारीले रोमाञ्चक भिडन्तमा ममतालाई १ हजार ९५६ भोटले पराजित गरेका हुन् । 

ममतामात्र हैन दिग्गज अन्य उम्मेदवारहरु चुनावी दंगलमा पराजित भएका छन् । खास गरी खेमा बदलेका नेताहरुलाई झड्का लागेको छ । पछिल्लो २ वर्षमा टीएमसीको करिब रहेका १३ विधायकसहित ३० नेताहरुले बीजेपीको साथ पाएका थिए । 

यसमा ८ विधायकसहित १६ जनाले चुनाव हारेका छन् । यो घटनाले आगामी पाँच वर्षमा पनि दल अदलबदल गर्नेहरुका दिन समस्यामा गुज्रने छन् । 

बीजेपीका चारमध्ये तीन सांसदले हारेका छन् । बीजेपीले चुनावका लागि कुनै पनि पहल छाडेको थिएन । तर पनि लकेट चटर्जी, स्वपन्न दास गुप्ता, बाबुल सुप्रियोले चुनाव हारेका छन् । 

त्यसैगरी क्रिकेटर अशोक डिंडा, अभिनेत्री पायल सरकार, अभिनेता यश दास गुप्ता र पूर्व आईपीएस भारती घोषसहित कयौं दिग्गजले चुनाव हारेका छन् । 

मोदीको बधाई 
पश्चिम बंगालमा टीएमसीले शानदार जित निकालेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । उनले बधाइसहित बंगाललाई केन्द्र सरकारबाट हरसम्भव सहयोग र समर्थन रहने पनि बताएका छन् । 

मोदीले मुख्यमन्त्री ममतालाई बधाई दिएका हुन् । उनले ट्वीटरमा उक्त बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘पश्चिम बंगालमा तृणमूल कांग्रेसको जितका लागि ममता दिदीलाई बधाई । कोभिड–१९ को विरुद्धमा विजय हासिल गर्न र नागरिकको आकांक्षा पूर्तिका लागि पश्चिम बंगाल सरकारलाई केन्द्रका तर्फबाट हरसम्भव सहयोग जारी रहने छ ।’

मोदीले बीजेपीलाई समर्थन गर्ने पश्चिम बंगालका जनतालाई पनि आभार व्यक्त गरेका छन् । 

कसलाई कति सिट ? 
पश्मि बंगालमा तृणमूलले २९२ मध्ये २०९ सिट जितिसकेको छ । चार सिटमा अगाडि रहेको छ । बीजेपीले ७६ सिट जितेको छ भने १ सिटमा अगाडि रहेको छ । कांग्रेस आईले १ सिटमात्र जितेको छ । अन्यले १ सिट जितेको छ । 

सन् २०१६ को चुनावमा तृणमूलले २१४ सिट जितेको थियो । एक सिट उसलाई घाटा लाग्नेछ । भाजपाले जम्मा ३ सिट जितेकाले उसलाई ७४ सिट फाइदा भएको छ । कांग्रेस तृणमूलसँग मिलेकाले उसलाई ७५ सिट घाटा भएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ