arrow

कोरोनाको उच्च जोखिममा मुगु जिल्ला 

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७८ वैशाख १९ आइतबार
mugu-hospital.JPG

मुगु । कोरोनाको रेड जोनमा रहेको बाँके जिल्लासँग सिधा सम्पर्कमा रहेको विकट हिमाली जिल्ला पनि उच्च जोखिममा रहेको छ । मुगु जिल्ला कणाली प्रदेशमा परे पनि लुम्बिनी प्रदेशमा रहेको नेपालगन्जको राँझा विमान स्थलबाट मुगुको रारा विमान स्थलसम्म सिधा हवाई उडान हुँदै आएको छ । यहाँका स्थानीयहरू प्राय बाँकेको विभिन्न ठाँउहरुमा बसोबास गदै आएको र उनीहरू गर्मीको बेला घर फर्कने भएकाले मुगु जिल्ला कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालहरूले बताउने गरेका छन् ।

प्रदेश राजधानी सुर्खेत भए पनि मुगु जिल्लाको मुख्य कारोबार र बसाई सराई पनि बाँकेसँग हुँदै आएको छ भने स्थल मार्गबाट सवारी साधन र हवाई मार्गबाट समेत सिधै बाँकेसँग मुगु जोडिएको छ । दैनिक बसबाट स्थानीयहरू आइरहेका र हवाई मार्गबाट समेत देशभरबाट आन्तरिक पर्यटकहरू रारा घुम्न आइरहेकाले पनि मुगु जोखिम बढेको हो ।

जिल्ला कोरोनाको जोखिममा रहे पनि सुरक्षाका कुनै पनि उपाय अवलम्बनका लागी यहाँका स्थानीय सरकार र प्रशासनले प्रभावकारी कदम अझै चालेका छैनन् । जिल्ला बाहिरबाट आएकाहरू सिधै घर पुग्ने गरेका छन् भने जिल्लामा कोरोना संक्रमण परीक्षणको दायरा बढाउन सकिएको छैन । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र र स्थानीय तहमा रहेका विपत् व्यवस्थापन समितिहरूका बैठक बस्ने ठोस कदम नचालेर सङ्घीय मन्त्रालयका निर्देशन र सुरक्षाका उपाय अपनाउ आग्रह गर्ने मात्र निर्णय हुँदै आएका छन् ।

हालसम्म जति संक्रमित देखिएका छन् उनीहरू आफै शङ्का लागेर जिल्ला अस्पतालमा चेकजाँच गर्न जाँदा पत्ता लागेका हुन समुदायमा कति संक्रमित भित्र भित्रै बढ्दै गएका छन् त्यो कोही सरोकारवाल निकायसँग पत्तै छैन ।

हप्ता दिनमा भेटिए ९ संक्रमित
कोभिड १९ संक्रमण दोस्रो लहर चलेर देशभर दिनानुदिन दिन संक्रमितको सङ्ख्या बढिरहेका बेल ा मुगु जिल्लामा दोस्रो पटकको पहिलो परीक्षण गत १३ गते जिल्ला अस्पतालले गरेको  थियो । उक्त दिन ३ जानको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोट आएको थियो । त्यस यता १४ गते १ जना, १८ गते ३ जना र आइतबार २ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी पशुराम नेपालीले जानकारी गराए ।

उनले भने बाँकेबाट हवाई र स्थल मार्गबाट मानिसहरू जिल्लामा दिनु भित्री रहेका छन् हामी कहाँ उनीहरूको स्वास्थ्य परीक्षण र व्यवस्थापनको कुनै व्यवस्था गरिएको छैन । कतै उनहरू मध्य कोही संक्रमित भएको भए सिधै समुदाय भित्र भुसमा आगो  लागे झैँ कोरोना फैलने सम्भावना छ ।आफै परीक्षण गर्न गएको दरले पनि मुगु जिल्लामा भित्र भित्र संक्रमितको सङ्ख्या बढै गएको सहजै देखाउँछन् । हप्ता दिनमा ९ जना कोरोना संक्रमित देखिन प्रतिदिन १ जना संक्रमति बढै गएको देखिन्छ । 

गत वर्ष चैत ११ बाट श्रावणसम्म  ४ महिनामा जिल्ला भरीमा ३८ जना कोरोना संक्रमित भेटिएका थिए तर यो वर्ष हप्ता दिन मै ९ जना भेटिनुले परीक्षण दायरा बढाएमा संक्रमित सङ्ख्या उच्च भेटिने पनि सूचना अधिकारी नेपालीले बताए ।स्वास्थ्य कार्यालयले एन्टिजिन प्रदेशसँग माग गरे पनि अझै उपलब्ध हुन नसकेपछि १ हजार किट आफै खरिद गर्न लागेको पनि सूचना अधिकारी नेपालीले बताए ।

साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म बजार बन्ध
जिल्लामा कोरोना संक्रमितहरूको सङ्ख्या बढै जान थालेपछि आइतबार प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर शिवाकोटीको अध्यक्षतामा बसेको कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सोमबारबाट लागु हुने गरी जिल्ला भरीका पालिकाहरूका केन्द्र र अन्य बजारहरू साँझ ६ बजे देखि बिहान ६ बजेसम्म बन्ध गर्ने निर्णय गरेको छ ।

बजारमा मानिसहरूको भिडभाड बढ्दै गएको र जिल्ला बाहिरबाट मानिसहरू जिल्लामा भित्रने क्रम बढेकोले कोरोना संक्रमण नफैलियोस् भन्दै अर्को व्यवस्था नभएसम्मका लागी सबै बजार क्षेत्र बन्ध गर्ने निर्णय भएको प्रजिअ चन्द्र बहादुर शिवाकोटीले बताए ।

बैठकले कोभिड १९ को संक्रमण फैलिन नदिन र त्यसको नियन्त्रणका लागी तोकिएका मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न पालिका स्तरमा प्रमुख प्रशासकीय अधिकृत र यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न जिल्ला ट्राफिक कार्यालयका प्रमुखको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने,जिल्लामा उपलब्ध एम्वुलेन्सहरु तयारी अवस्थामा राख्ने,पालिकाहरूमा क्वारेनटाइन, आईसोलेसन,कनट्र्याक्ट टे्रसिङ्ग जस्ता कार्य गर्न दूत कार्य समूह गठन गर्ने, एन्टीजिन र पिसिआर परीक्षणको दायरा स्थानीय सरकारहरूले बढाउने र यस अघिका निर्णय अक्षर पालना गर्ने निर्णय गरेको  पनि प्रजिअ शिवाकोटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ