arrow

जसपाका बहुमत सांसदहरु अविश्वास प्रस्तावको पक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १८ शनिबार
JASAPA-1619866990.gif

काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपाका बहमुत सदस्यहरूको हस्ताक्षर तयार गरेका छन् ।

पछिल्लो समय यादव अप्रत्यसित रुपमा बहुमतमा पुगेको स्रोतको भनाइ छ । उनले यसअघि कार्यकारिणी समितिका ५१ सदस्यमध्ये बहुमत सदस्यको हस्ताक्षर संकलन गरेका छन्  ।

यादव निकट स्रोतका अनुसार ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनकोलागि यादवले १८ जना सांसदको हस्ताक्षर संकलन गरेका छन् । शुक्रबार साँझसम्म १८ जना सांसदको हस्ताक्षर संकलन भएको यादव निकट एक नेताले बताए ।

पूर्व राजपामा १७ र पूर्व समाजवादीमा १७ सांसद छन् । ती मध्ये पूर्व समाजवादीका एक सांसद हरिनारायण रौनियार र पूर्व राजपाका एक सांसद रेशम चौधरी हाल निलम्बित अवस्थामा छन् । अहिले पूर्व राजपा र पूर्व समाजवादीका प्रत्येकका १६ सांसद छन् ।

पूर्व राजपाका सांसद महेन्द्र यादवले कित्ता परिवर्तन गरी यादवको कित्तामा पुगेका छन् । अविश्वासको प्रस्तावको पक्षमा महेन्द्र यादव बाहेक पूर्व राजपाका अर्का एक जना सांसदको पनि हस्ताक्षर संकलन गरेको पूर्व समाजवादीका एक सांदसले दावी गरे ।

पूर्व राजपाका ३ सदस्यहरुलाई आफूतिर ताने पछि यादव कार्यकारिणी समितिमा बहुमतमा छन् । पूर्व राजपाका महेन्द्र यादव, रमेश यादव र गजाधर यादवले कित्ता परिवर्तन गरी यादव पक्षमा लागेका छन् ।

कित्ता परिरवर्तन गरेका रमेश यादवले कार्यकारिणी समितिका बहुमत सदस्यहरु ओली नेतृत्वको वर्तमान सरकार ढाल्नु पर्ने पक्षमा रहेको बताए । ओली सरकारविरुद्ध ल्याइने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय कार्यकारिणी समितिले गरेको उनले दावी गरे ।

केही दिन देखि जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । अविश्वासको प्रस्तावकोलागि आफूसँग १८ जनाको हस्ताक्षर तयार भएको जानकारी यादवले देउवा र दाहाललाई गराएको पनि यादव निकट स्रोतले दावी गर्यो।

जसपाका अर्को पक्ष ओली सरकारको पक्षमा छ । ओली सरकार विरोधी गठबन्धनमा सहभागी नहुने सहमति महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका छन् । पार्टी अहिले स्पष्ट रुपमा दुई कित्तामा बाडिएको छ । यसबेला जसपाका कार्यकारिणी समितिका सदस्यहरु र सांसदहरु अहिले दुवै पक्षबाट तानातानमा परेका छन् । दुवै पक्षले आफू बहुमत रहेको दावी गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ