arrow

‘संसदीय व्यवस्थाबाट सुरक्षित हुँदै कमाइ खाने भाँडो बनाइएको छ’ – डा. चन्द्र चण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १७ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसदीय व्यवस्थालाई कमाइ खाने भाँडो बनाइएको आरोप लगाएका छन् । सामाजिक संजाल फेसबुकमार्फत आफ्ना कुरा राख्दै डा. भण्डारीले संसदीय व्यवस्था संचालन गर्न नेपालका पार्टीहरु सक्षम बन्न नसकेको बताए । 

उनले नेपालका पार्टीहरु पार्टीजस्ता नै बन्न नसकेको समेत बताएका छन् । उनले नेताहरुमा संसदीय व्यवस्थाको गुण, धर्म र मूल मर्मसमेत नदेखिएको आरोप लगाएका छन् । 

शुक्रबार बिहानै उनले गरेको फेसबुक अपडेटमा भनिएको छ, ‘संघीय संसद हुँदै प्रदेशसम्मकै संसदीय संस्कार कामकाजी र सर्वसाधारणको पहुँचमुखी भएनन् ।’

गम्भीर बन्न र सत्यको मार्ग अँगाल्न प्रेरित गर्दै भण्डारीको सन्देशमा लेखिएको छ, ‘विश्वप्रसिद्ध र बहुसंख्यक देश र जनताले रुचाएको संसदीय व्यवस्था सन्चालन गर्नका लागि नेपालका राजनैतिक पार्टीहरु सक्षम र साँच्चिकै पार्टीजस्ता बन्न सकेनन् । नेताहरुमा संसदीय व्यवस्थाको गुण, धर्म र मूल मर्म नै देखिएन । समय र घटनाअनुसार के गर्ने र के बोल्ने भन्ने  प्राथमिकता  नै निर्धारण हुन सकेन ।संघीय संसद हुँदै प्रदेशसम्मकै संसदीय संस्कार कामकाजी र सर्वसाधारणको पहुँचमुखी भएनन् । त्यसैले भुईफुट्टा र आरोपितहरुको ताज बढ्दो छ, संसदीय व्यवस्थाबाट सुरक्षित हुँदै कमाइ खाने भाँडो बनाइएको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ