arrow

नोबल अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

logo
विवेक मिश्र,
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
novel-hospital.jpg

मोरङ । विराटनगर स्थीत रहेको  नोबेल अस्पतालले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ।

पछिल्लो समय मुलुकभर संक्रमणको जोखिम बढेपछि उपचार गर्न नेपाल सरकारसँग सम्झौता भएकाले कोभिड संक्रमितको निःशुल्क उपचार गर्ने निर्णय भएको अस्पतालका निर्देशक सुनिल शर्माले जानकारी दिए। निजी क्षेत्रबाट सञ्चालित कुनै पनि अस्पतालले कोरोना संक्रमितको उपचार गर्न लागेको यो पहिलो हो।

सरकारले अहिले पिसिआर परीक्षणको अधिकतम् शुल्क दुई हजार तोकेको छ। सरकारी प्रयोगशालामा परीक्षण शुल्क १ हजार रुपैयाँ लिने गरेको छ।

यसअघि अस्पतालले क्षेत्र नं. ३ र क्षेत्र नं.६ मा कोरोना संक्रमण भए/नभएको थाहा पाउन ७ सय ५० रूपैयाँमै पिसिआर परीक्षण गर्ने घोषणा गरिसकेको छ।

यी निर्वाचन क्षेत्रका सर्वसाधरणलाई वैशाख मसान्तसम्म सहुलियत दरमा पिसिआर परीक्षण गर्ने भएको हो।

दुबै निर्वाचन क्षेत्रअन्तर्गत पर्ने पथरी-शनिश्चरे, कानेपोखरी, बेलबारी, सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका ४५ वटा वडाका बासिन्दालाई ७५० रुपैयाँमा स्वाब संकलन सहित पिसिआर परीक्षण गरिरहेको छ।

क्षेत्र नं. ३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाका सर्वसाधरणलाई भने अस्पतालले वैशाखभर सरकारले तोकेको भन्दा १ हजार २ सय ५० रुपैयाँ कम शुल्कमै पिसिआर परीक्षण गर्ने भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ